☰ open

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढे

२०८० श्रावण ३१, बुधबार १०:०९
मिडियाखबर

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

इन्डियन आयल कार्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढेको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । ग्यास प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights