☰ open

सार्वजनिक सवारी साधनको भाडा फेरि बढाए

२०८० श्रावण ३१, बुधबार १४:४२
मिडियाखबर

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४.७० प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights