☰ open

राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता

२०८० श्रावण ३१, बुधबार १४:५२
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

भेटका क्रममा समसामयिक राजनीति र संसदमा जारी गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसदको गतिरोध अन्त्य गर्न एमाले अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको पोखरेलले बताए।

पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा लिने वातावरण सिर्जना गरेर अघि बढ्न पनि सुझाव दिएका छन्।

संसदमा जारी गतिरोध अन्त्य गर्नबारे राष्ट्रपति पौडेलले केही दिनअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा पनि चासो व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights