☰ open

सेयर बजार लगातार तीन दिन देखी ओरालो

२०८० श्रावण ३१, बुधबार १५:१५
मिडियाखबर

लगातार तीन दिन बजार राताम्य भएको छ । लाभांश सिजनमा समेत सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार घट्दा सेयर मूल्य न्यून मूल्यमा आइरहेको छ । बजार निरन्तर तीन दिन ओरालो लाग्दा ५५.७२ बिन्दुले घटेको छ ।

अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्कि रहेको जानकारहरुको भनाइ रहेको छ । सबल वित्तीय सूचक भएका, लाभांश क्षमता तुलनात्मकरुपमा उच्च रहेका कम्पनीमा सकेसम्म लामो समय होल्ड गर्ने गरी रहेका छन् ।

बजार आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

बुधबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७३ प्रतिशत, विकास बैंक समूहको ०.५० प्रतिशत, फाइनान्स समूहको १.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights