☰ open

सुन प्रकरणमा ४ जना चिनियाँ नागरिकलाई पक्राउ

२०८० श्रावण ३१, बुधबार १६:५७
मिडियाखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्।

उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights