☰ open

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला

२०८० भाद्र १, शुक्रबार १५:५६
मिडियाखबर

सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ ।

यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले बताएको छ ।

उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिता लिएको खुलेको छ । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

पक्राउ परेका माथि सीआईबीले नागरिता प्रकरणमासमेत अनुसन्धान गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights