☰ open

संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुख छलफल

२०८० भाद्र १, शुक्रबार १६:१५
मिडियाखबर

संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताए। सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएको सभामुखको निजी सचिवालयले जनाएको छ। एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ।

सरकारले भने अनुसन्धानका लागि उच्चस्तरीय समितिको आवश्यकता नरहेको जनाएको छ। गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो। ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन्।

आज थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights