☰ open

राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाए

२०८० भाद्र ५, मंगलवार ११:४९
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ।

संसद बैठकअघि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसदमा जारी अवरोध खुलाउनबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सुन तस्करी प्रकरणको छानबिनर गर्न उच्चस्तरीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दै आइरहेको छ।

निरन्तर संसद अवरोध भएपछि बैठक सञ्चालनका लागि राष्ट्रपति पौडेलले चासो राखेका हुन्।

नेकपा एमालेले भने मंगलबार प्रतिनिधिसभा बैठक अवरूद्ध नगर्ने बताएको छ।

सुन तस्करी प्रकरणको विषयमा सरकार उच्चस्तरीय छानबिन समिति गठन तयार भएपछि एमालेले संसद बैठक अवरूद्ध नगर्ने निष्कर्षमा पुगेको हो।

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा भएको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति जुटेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights