☰ open

काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीव्र

२०८० भाद्र ५, मंगलवार ११:५८
मिडियाखबर

काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाउने भएको छन्।

राष्ट्रिय सभा गृहबाट फिल्डमा जाने नगर प्रहरीहरुलाई तालिम पश्चात खटाइने महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए ।उनले भने, ‘अब नगर प्रहरी पानी जमेको ठाउँ खोज्नेछन्, त्यहाँ लार्भिसाइड छर्किनेछन्।

उनका अनुसार डेंगु नियन्त्रणका लागि महानगरका ६४ जना नगर प्रहरी वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन्  । उनले महानगर डेंगु नियन्त्रणका लागि चलाएका नियमित कार्यक्रमहरु यथावत रहेको भन्दै लार्भिसाइड छर्कने कार्यक्रम मात्रै थप गरेको बताए ।

यस्तै महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक रहेको बताए । उनले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि औषधिले हानी नगर्ने बताए ।

यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ,’ पौडेलले भने । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्ने उनको भनाइ छ ।

काठमाडौंले डेंगुको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा  ल्याएको छ  । यस्तै अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था महानगरले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights