☰ open

प्रतिनिधि सभाको बैठक आज ३ बजे बस्दै छ

२०८० भाद्र ५, मंगलवार १२:०८
मिडियाखबर

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो।

एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights