☰ open

बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसी पाँच घन्टापछि नियन्त्रण

२०८० भाद्र ६, बुधबार १२:१७
मिडियाखबर

नयाँ बानेश्वरस्थित बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसी पाँच घन्टापछि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट गन’ प्रयोग गरेर अचेत बनाइ भैँसी नियन्त्रणमा लिएको छन् ।

ज्ञान निकेतन स्कुलभित्र पसेको लठ्ठीएर अचेत भएपछि काठमाडौँ महानगरको टोलीले उठाउने तयारी गरेको छ । भैँसीको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैँसी भागेको हुनसक्ने अनुमान छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैँसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैँसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights