☰ open

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खसेर दुर्घटना

२०८० भाद्र ६, बुधबार १२:२०
मिडियाखबर

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस धादिङको गजुरी नजिक दुर्घटना भएको छ।

प्रदेस ३–०१–०५५ ख ९९५२ नम्बरको बस गजुरी गाउँपालिका–२ चालिसे छहरा नजिक त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो।

प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले बताएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights