☰ open

प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजे : ओली

२०८० भाद्र ७, बिहीबार १६:४०
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

बिहीबार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले कोसी प्रदेसमा प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको बताए।

कोसी प्रदेसमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उनले दाबी गरे।

प्रचण्ड र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरे पनि एमालेले द्वन्द्व मच्चिन नदिने ओलीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights