☰ open

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै

२०८० भाद्र ७, बिहीबार १६:५८
मिडियाखबर

जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गर्ने क्रम पनि बढेको बताए । बैंक खातामा अनधिकृत पहुँच पु¥याइ रकम ठगि गर्ने क्रम बढेको भन्दै सचेत गराए ।

‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले ८ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ । एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा ५ हजार ९४० जना हामीले पक्राउ गरेर कानूनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन्’ उनले भने, ‘रकमतर्फ हामीले हेर्ने हो भने ५ करोड ४१ लाख भन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले उक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगि गर्नेहरुको संख्या पनि ठूलो छ । बैंक खातामा अनधिकृत पहुँच पु¥याइ रकम ठगि गर्ने क्रम बढेको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights