☰ open

मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराएर क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले बनाउने

२०८० भाद्र १९, मंगलवार १६:३९
मिडियाखबर

मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराएर क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले पहल लिने बताएका छन्।

नेपाल-भारत खेल हेर्न श्रीलंका पुगेका बालेन शाहले त्यहाँ भएकै स्तरको रंगशाला बनाउन ८०–९० करोड लाग्ने र जग्गा उपलब्ध भए काठमाडौं महानगरपालिकाले बनाउने बताएका हुन्।

फ्यानका रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा त्यहाँका अध्यागमनको कर्मचारीको प्रश्न थियो- यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन्? श्रीलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १ हजार ५०० देखि दुई हजारको बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights