२०८० भाद्र १९, मंगलवार १६:५४
मिडियाखबर
थप ११ नयाँ ब्रोकर कम्पनीले संचालन अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई संचालन अनुमति दिएको हो ।
नेप्सेले गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज् प्रालि, एनएमबि सेक्युरिटिज् लिमिटेडलाई सेयर ब्रोकरको लाइसेन्स दिएको हो ।
यस्तै नेप्सेले आकाश भैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, स्टकस्कार्टट सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज् लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई पनि लाइसेन्स दिएको जानकारी दिएको छ ।
यससँगै नेप्सेबाट संचालन अनुमति पाउने कुल ३६ नयाँ कम्पनी पुगेका छन् । यसअघि नेप्सेले पटक पटक गरी २५ कम्पनीलाई संचालन अनुमति दिईसकेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया