२०८० भाद्र १९, मंगलवार १७:०३
मिडियाखबर
काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गको अनधिकृत टहरा भत्काएको छ । महानगरपालिकाको नगरप्रहरीले मंगलबार दिउँसाे भृकुटीमण्डप छिर्ने गेट छेउमा रहेका अनधिकृत संरचना हटाएको हो ।
अनुमति नलिई जुत्तापसल किराना पसल फलफूल पसल सँगै शौचालय समेत सञ्चालन भइरहेको थियो । उक्त संरचना अनधिकृत रुपमा बनाइएको पाइएपछि भत्काइएको नगरप्रहरीप्रमुख राजु पाण्डेले बताए ।
पसलहरुको सामान हटाउन समय दिएर टहरा भत्काइएको उनले बताए । महानगरपािलकाले महानगरभित्र बनेका अवैध संरचना हटाउने कामलाई निरन्तरता दिँदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया