☰ open

५१ वटा चार्जिङ स्टेसन सञ्चालन

२०८० भाद्र २०, बुधबार १५:२६
मिडियाखबर

नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरेको छन् ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।

स्थान जिल्ला सङ्ख्या
धार्के धादिङ
मुग्लिङ चितवन
साझा सेवा बल्खु काठमाडौं
साझा सेवा पुल्चोक ललितपुर
नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं
नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं
पारस बसपार्क चितवन
खुर्कोट सिन्धुली
सिन्धुली बसपार्क सिन्धुली
इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी
हरिवन सर्लाही
इनरुवा बसपार्क सुनसरी
प्रहरी पेट्रोल पम्प, लाहान सिराहा
कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की
पर्यटक बसपार्क पोखरा कास्की
दमक बसपार्क झापा
बेलका नगरपालिका उदयपुर
बिर्तामोड बसपार्क झापा
सुर्खेत बसपार्क सुर्खेत
हेटौडा, रातमाटे मकवानपुर
विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर
प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं
बेगनास ताल, पोखरा कास्की
बुटवल बसपार्क रुपन्देही
इटहरी सुनसरी
विराटनगर मोरङ
कोहलपुर नयाा बसपार्क बााके
धनगढी कैलाली
त्रिशूली हावा घर नुवाकोट
बट्टार, त्रिशूली नुवाकोट
कुश्मा पर्वत
लमही बसपार्क दाङ
लम्की कैलाली

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights