☰ open

आज नेप्से २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा

२०८० भाद्र २१, बिहीबार १६:१५
मिडियाखबर

आज नेप्से  २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १३.४९, विकास बैंक ४४.२५, वित्त १९.३०, होटल ९३.३९, जलविद्युत ५०.३९, जीवन बिमा १५०.५२, माइक्रोफाइनान्स ८९.०१, माइक्रोफाइनान्स ४९.५१, निर्जीबन बिमा १४१.६९ अन्य समूहको उपसूचक २९.४८ अंकले घटेको छ ।

कारोबारमा शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाईड्रोपावर, इङवा हाईडोपावरका लगानीकर्ताले कमाएका छन् । कारोबारमा बाराही हाईडोपावर, अप्पर सोलु हाईडो इलेक्टीक कम्पनी, न्यादी हाईडोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख ४१ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र शिवम् सिमेन्ट रहेको छ । कारोबारमा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ वटाको बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights