☰ open

महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न

२०८० भाद्र २२, शुक्रबार ११:४४
मिडियाखबर

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छन्।

बिहीबार काठमाडौं जिल्ला अदालतले सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सापकोटाले गत बुधबार काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टर्स नेपालमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सख्त घाइते भएका यादवको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights