☰ open

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८० भाद्र २५, सोमबार ११:३७
मिडियाखबर

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८, विजयपुरनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो।

उक्त ढुंगा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनले भने, ‘ठूलो ढुंगा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन्।’

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्।

यस्तै, दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोलानजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। गए राति खसेका चारवटा रुखका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताए।

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्री अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights