☰ open

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी

२०८० भाद्र २६, मंगलवार १०:२२
मिडियाखबर

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो।

उनको पार्थिव शरीरलाई हाल त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा राखिएको छ।

एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो। तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद बैठकको निर्णय पर्खिन आग्रह गरेका छन्।

मन्त्रिपरिषद बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ।

नेम्वाङ घरभित्रकै शौचायलयमा बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि परिवारका सदस्यहरूले त्रिवि शिक्षण अस्पताल पु¥याउँदा उनको निधन भइसकेको थियो।

उनी बालुवाटारस्थित निवासमा थिए। परिवारका सदस्यहरूका अनुसार नेम्वाङ राति १ बजेतिर शौचायलमा बेहोस अवस्थामा भेटिएक थिए। उनलाई राति करिब १ः५० तिर त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरू अस्पताल पुगेका थिए।

पूर्वसभामुखसमेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर संसद रहँदै आएका थिए। उनी हाल एमाले संसदीय दलका उपनेतासमेत थिए।

इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पस पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिएका थिए।

२०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए।

२०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

२०५६ सालको निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए।

नेम्वाङ २०६२–६३ को जनआन्दोलनको सफलतापछि पुनस्थार्पित संसदका सभामुख बनेका थिए।

२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर उनी संविधानसभाका अध्यक्ष भएका थिए। चारपल्ट सभामुख बन्दा उनी सँधै सर्वसम्मत भएका थिए।

नेपाली राजनीतिमा नेम्वाङले शालीन र सरल नेताको छवि बनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights