२०८० आश्विन ५, शुक्रबार १०:४८
मिडियाखबर
शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया