☰ open

एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै

२०८० आश्विन ८, सोमबार १४:१०
मिडियाखबर

नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ।

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ। तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ। यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका छन्।

अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन्।  त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका  दाबेदार छन्।

संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा वाग्मती प्रदेश अधिवेशन हुँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights