☰ open

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने

२०८० आश्विन ८, सोमबार १६:११
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । सोमबार चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री दाहालले भने,‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।’

उनले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह  गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights