☰ open

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै इन्द्रजात्रामा पुगे

२०८० आश्विन ११, बिहीबार १५:३३
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् ।

हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वकाे चहलपहल सुरु भएकाे छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुकाे बसन्तपुरमा चहलपहल सुरु भएकाे हाे । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्तिहनुमानढोका पुगिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights