☰ open

स्वास्थ्य शाखा प्रमुख एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले भेटेपछि

२०८० आश्विन १२, शुक्रबार ११:४५
मिडियाखबर

झापाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ।

नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो।

स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights