२०८० आश्विन १२, शुक्रबार ११:४८
मिडियाखबर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सुन तोलाको एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलाको एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया