☰ open

एमाले वाग्मती प्रदेश अधिवेशन अन्तर्गत मतदान सुरु

२०८० आश्विन १२, शुक्रबार १४:२९
मिडियाखबर

नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको  हो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १ बजेबाट मतदान सुरु भएको छ । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान सुरु भएको हो ।

सुरुमा अध्यक्षका उमेदवारद्वयले मतदान गरेका छन् । मतदान गर्न एकजनालाई १५ मिनेट जति लाग्ने नेताहरूले बताएका छन् ।  मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो ।

एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लाइनमा बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights