☰ open

कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि

२०८० आश्विन १३, शनिबार १३:५९
मिडियाखबर

सुर्खेतमा एक निजी विद्यालयमा आगजनी भएको छ । शुक्रबार विद्यालको होस्टेलमा बसेर अध्ययन गरिरहेका बालकको शव भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । सुर्खेतको वीरेन्द्रनगर-६ स्थित उषा बालबाटिका बाेर्डिङ स्कुलको होस्टेलमा एक बालकको मृत्यु भएपछि आफन्तले विद्यालयमा आगजनी गरेका हुन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । कक्षा २ मा अध्ययनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का ८ वर्षीय सलाम पुलामीमगर हिजाे साँझ साढे ४ बजे बेडरूममै झुण्डिएको अवस्था फेला परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights