☰ open

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किए

२०८० आश्विन १३, शनिबार १४:०४
मिडियाखबर

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका छन् ।

आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। प्रधानमन्त्री प्रचण्डलाई  स्वागत गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती लगायत विमानस्थल पुगेका थिए।

भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट असोज ५ गते चीन गएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा त्यहाँका राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटीका अध्यक्ष झाओ लिजी लगायतसँग भेटवार्ता गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights