☰ open

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिक ३ जना पक्राउ

२०८० आश्विन १६, मंगलवार १४:४५
मिडियाखबर

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ। यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए। यस प्रकरणमा प्रहरीले गत असोज १० दोलखाको बिगु गाउँपालिका-३ जामुनेस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई पक्राउ गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights