☰ open

आज सेयर बजार दोहोरो अकंले घटे

२०८० पुष ५, बिहीबार १५:३७
मिडियाखबर

सेयर बजार ओरालो लागेको छ । बजार दोहोरो अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

पछिल्लो समय कारोबारमा समेत सुधार आएको छ । आज ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

आज शिवस् सिमेन्टको ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा सोनापुरको २५ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २०करोड ६ लाख रुपैयाँ र ह्याथवे इन्भेष्टमेन्टको १५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights