☰ open

पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने ,उपरजिस्ट्रार धनबहादुर कार्की

२०८० पुष ६, शुक्रबार १८:२९
media khavar

काठमाडौँ — विशेष अदालतले शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए ।

 

 

उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असारमसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए ।

 

उनले अघिल्लो आर्थिक वर्ष अर्थात असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्छ्यौट भएको थियो। उनले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए ।

विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेको बताए । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।

उनले भने, ‘टोटलमा हेर्दा १३६ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य निर्धाराण गरेकोमा ११८ थान फर्छ्यौट भएर ८६.७६ प्रतिशत फर्छ्यौट भएको छ । पुराना मुद्दा ३५९ जुन छन्, ती मुद्दा असार मसान्तसम्म सबै मुद्दा फर्छ्यौट गर्ने कार्ययोजनाले तोकेको छ । हामी अहिले साउनदेखि असारसम्म जति मुद्दा दर्ता हुन्छन्, त्यसको ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने कार्ययोजना बनाएका छौँ ।’

 

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरूको अनलाइन दर्ता सुरु गर्ने बताए । उनले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ सुरु गर्ने योजना अघि सारिएको बताए ।

उनले भने, ‘७७ जिल्लाबाट वकपत्र गर्नको लागि आफ्नो स्टेटमेण्ट दिनको लागि अदालतसम्म आउनुपर्ने खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि हामीले भर्चुअल हेयरिङ शुरु गर्ने प्लान गरेका छौँ । छिटै हामी स्टार्ट गर्नेछौँ । त्यो भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो लयर राखेर मुद्दाको सुनुवाई गर्न सक्नुहुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights