☰ open

संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने , राष्ट्रपति रामचन्द्र पौडेल

३ वर्ष

विराटनगर, ७ पुस । शनिबार नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलामा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्रपति पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् उनले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने धारणा पनि राखे ।

कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्य प्राप्त गर्न कठिनाइ भएको छ । उद्योग धन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया