२०८० पुष ८, आईतवार १८:१७
media khavar
८ पुस, काठमाडौं । वैशाख २०८० मा निलम्बनमा परेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए ।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्क बिहीन थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया