२०८० पुष १२, बिहीबार १८:०८
media khavar
१२ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने
कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया