☰ open

प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।

२०८० पुष २५, बुधबार १७:५२
media khavar

२५ पुस, विराटनगर । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको पद मंगलबार कोशी प्रदेशसभाले नयाँ सभामुख पाए लगतै कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिससँगै राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९–०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताए ।
राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights