☰ open

युक्रेन रुस युद्धमा एक जना नेपाली सोनु सुनारको मृत्यु

३ वर्ष

२६ पुस, काठमाडौं प्युठान नगरपालिका वडा नं. काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए

दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए । सोनुसँगै रहेका अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताए

नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु

 

फेसबुकबाट तपाईको प्रतिक्रिया