☰ open

चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने , मन्त्री बस्नेत

२०८० पुष २९, आईतवार १९:३५
media khavar

२९ पुस, काठमाडौँ । विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने मन्त्री बस्नेतले बताए छन् । विद्युतीय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने र सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्नेकुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights