☰ open

भारतीय दुई मोस्टवान्टेड अपराधी सर्लाहीमा डेरा गरी बसेको अवस्थामा पक्राउ

२०८० चैत्र ६, मंगलवार ०९:५०
मिडियाखबर

भारतीय दुई मोस्टवान्टेड अपराधी सर्लाहीमा डेरा गरी बसेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी मोतीहारी गंगा पिपरा बस्ने अशोक राउत छोरा २४ का जितेन्द्र राउत र सैयारा ग्राम पञ्चायत बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ का सन्नी कुमार सिंह छन् ।

प्रहरी श्रोतका अनुसार सर्लाहीको बरहथवा नगरपालिका ६ स्थित डेरा गरी बस्दै आएका दुबैजनालाई राति साढे ८ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरी पुगेपछि जितेन्द्रले प्रहरीमाथि पनि गोली प्रहार गरेका थिए । तर, झण्डै एकजना प्रहरी बाँचेको स्रोतले जनाएको छ ।

त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा बाटोमा प्रहरी भ्यान परिवर्तन गर्ने बेला जितेन्द्र भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

दुबै खुट्टामा गोलि लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा सर्लाही प्रहरी साढे ९ बजे पत्रकार सम्मेलन गर्दै छ ।

जितेन्द्रको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन एक वटा र म्यागजिन बरामद भएको छ । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाका, अपराधमा संलग्न रहेकाले भारतीय प्रहरीको मोस्टवान्टेड सूचिमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights