☰ open

गृहमन्त्री लामिछानेले प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने

२०८० चैत्र ६, मंगलवार १६:५४
मिडियाखबर

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्।

सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेले यस्ताे बताएका हुन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो।

सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेस  दुधले नुहाएको पार्टी नभएको भन्दै चारवर्ष संसद अवरुद्ध गर्न चुनाैती दिए।

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights