☰ open

मोरङमा श्रीमान्ले श्रीमतीको हत्यापछि आत्महत्या गरे

२०८० चैत्र ७, बुधबार १०:३३
मिडियाखबर

मोरङमा श्रीमान्ले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन्। मङ्गलवार राति करिब १ बजेतिर बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले रातिको समयमा बमबहादुरले धारिलो हतियार प्रहार गरेर हत्या गरेको र लगतै आफूलाई पनि सोही हतियारले घाँटी रेटेको बताए। उनका अनुसार धारिलो हतियार प्रयोग पछि गम्भीर घाइते भएका बमबहादुरको नोबेल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दोस्रो विवाह गरेका बमबहादुर र गीताका एक छोरा छन्। छोरालाई पनि बमबहादुरले आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएको दाहालले बताए।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको पनि उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights