☰ open

शेयर बजार १५.३७ अंकले घटे

२०८० चैत्र ८, बिहीबार १५:५८
मिडियाखबर

शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ।

१५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ। जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो।

आज ४९ कम्पनीका शेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। १८७ कम्पनीका शेयर लगानीकर्तालाई नोक्सान भएको छ। ८ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

१३ उपसमूहमा व्यापार बाहेकका सबै घटेका छन्। माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।

आज धौलागिरी लघुवित्तको शेयर मूल्य भने बढेर सर्किट लागेको छ। सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका शेयर मूल्य पनि बढेका छन्।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ। उक्त बैंकको संस्थापक शेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ। यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights