☰ open

दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भए

२०८० चैत्र १२, सोमबार १५:४७
मिडियाखबर

जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद् विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।  

जसअनुसार जसपाबाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन ।

नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights