☰ open

नेपाल टेलिकमले आलाकार्टा प्रणाली सुरु गरे

२०८० चैत्र २१, बुधबार १२:३५
मिडियाखबर

नेपाल टेलिकमले आलाकार्टा प्रणाली सुरु गरेको छ। कम्पनीले सञ्चालन गरेको आइपी टिभी (एनटी टिभी)मा ग्राहकले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न मिल्ने गरी यो प्रणाली लागू गरेको हो। यससँगै अब ग्राहकले बेसिक प्याकेज, प्रिमियम प्याकेज वा आवश्यकताअनुसार बुकेट प्याकेजमा थप गरी प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बेसिक प्याकेज लिएका ग्राहकले आफ्नो आवश्यक्ताअनुसार बुकेट प्याकेज खरिद गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।

आलाकार्टा प्रणालीअन्तर्गत ग्राहकले मासिक स्टार बुटेक प्याकेजको ६५ रुपैयाँ र ६ महिनाको एक सय ९५ रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मासिक प्याकेजमा न्यूनतम २ रुपैयाँ र अधिकतम एक सय ७५ रुपैयाँ पर्नेछ। टेलिकमका अनुसार ६ महिने प्याकेजमा न्यूनतम ६ रुपैयाँ र अधिकतम पाँच सय २५ रुपैयाँ पर्नेछ।

टेलिकमले सुरुको तीन महिनाभित्र सबै प्रिमियम प्याकेजसहित वार्षिक प्याकेज लिँदा प्रतिमहिना तीन सय ६० रुपैयाँका दरले तिर्दा हुने जानकारी दिएको छ। वार्षिक प्याकेज लिँदा ५० एमबिपिएसको १२ हजार रुपैयाँ, १०० एमबिपिएसको १४ हजार ९ सय ९९ रुपैयाँ, १५० एमबिपिएसको १६ हजार ४ सय ९९ रुपैयाँ र २०० एमबिपिएसको १९ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights