☰ open

गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिए

२०८० चैत्र २३, शुक्रबार ११:३८
मिडियाखबर

गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गतेनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी हुन् ।

कञ्चनपुर प्रहरी प्रवक्ता पुष्कर पन्तका अनुसार इलाका प्रहरी कार्यालय झलारी मार्फत जोहरी जिल्लामा आएको छ । ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जनाएको छ ।

गायक ओड नेपाल आइडल सिजन २ विजेता पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights