☰ open

मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताए

२०८० चैत्र २३, शुक्रबार १६:३१
मिडियाखबर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताएका छन्।

उनले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताए।

उनले शुक्रवार जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रियामा मुख्यमन्त्री यादवले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी संघीयतालाई नै कमजोर गर्ने काम भएको बताए।

उनले संघीयता भए पनि संघ सरकारले अधिकार हस्तन्तरण नगरेको बताए।

उनले संघीयता सबैलाई चाहिने भए पनि कार्यान्वयन गर्न नसकेको जिकिर गरे। संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै उनले स्थानीय तह र प्रदेश सरकारलाई एकजुट भएर अघि बढ्नुपर्ने बताए।

स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराए स्थानीय तहलाई फाइदै हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights