☰ open

आज सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ

२०८० चैत्र २८, बुधबार ११:५५
मिडियाखबर

सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज थप ५०० रुपैयाँ महँगिएको हो ।आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

पछिल्लो समय सुनको भाउले दैनिक रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । मंगलबार १ लाख ३६ हजार ३०० रुपैयाँ पुगेर बनाएको कीर्तिमान आज फेरि तोडिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights