☰ open

मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

२०८० चैत्र २८, बुधबार १२:१७
मिडियाखबर

मधेस  प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो । प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights